वीरगञ्ज नर्सिङ क्याम्पसलाई मेडिकल कलेज बनाउन पहल गर्छु : प्रमुख सिंह

वीरगञ्ज नर्सिङ क्याम्पसलाई मेडिकल कलेज बनाउन पहल गर्छु : प्रमुख सिंह


ग्लोब नेपाल
0
Shares

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्ज नर्सिङ क्याम्पसलाई मेडिकल कलेज बनाउनुपर्ने बताएका छन् ।

क्याम्पसको ४७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले सबैको साथ दिए त्यसका लागि महानगरले आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

वर्षायाममा क्याम्पस क्षेत्र डुबानमा पर्ने गरेको जानकारी आफूले पाएको भन्दै उनले आउँदो आर्थिक वर्षमा क्याम्पस डुबानको समस्या समाधान हुनेगरी काम गर्ने आश्वासन दिए । क्याम्पसले स्वास्थ्य क्षेत्रमा अति आवश्यक पर्ने गुणस्तरीय नर्सिङ जनशक्ति उत्पादन गर्दै आएको उनको भनाइ छ ।

वीरगञ्ज–४ विर्तास्थित क्याम्पसको सभाहलमा वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । वार्षिकोत्सवको अवसरमा शिक्षक, कर्मचारी तथा विद्यार्थीका बीचमा भलिबल, व्याडमिण्टन लगायतका खेल प्रतियोगिताको आयोजना गरिएको क्याम्पस प्रमुख जमुना भट्टराईले जानकारी दिइन् । विभिन्न प्रतियोगितामा विजयी भएका खेलाडीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो ।