बोउमा कनएक्स्पोमा सहभागी हुन महासंघ अध्यक्ष भारत प्रस्थान

बोउमा कनएक्स्पोमा सहभागी हुन महासंघ अध्यक्ष भारत प्रस्थान


ग्लोब नेपाल
108
Shares

काठमाडौं । बोउमा कनएक्स्पोमा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह हिजाे सोमबार भारतको उत्तर प्रदेश प्रस्थान गरेका छन् । ग्रेटर नोइडामा चार दिनसम्म चल्ने एक्स्पोमा निर्माण उद्योगमा भित्रिएका अत्याधुनिक उपकरण, सामग्रीसहित निर्माण क्षेत्रमा प्रयोग हुने सबै खाले पछिल्ला सर—सामानहरू प्रदर्शनीका लागि राखिनेछन् ।

आज मंगलवारदेखि शुरु हुने प्रदर्शनीमा २० भन्दा बढी मुलुकका करीब ६ सय प्रविधि सप्लायर्सको सहभागिता रहने छ भने ६० देशका ५० हजार भन्दा बढीले १० हजार स्टलहरू अवलोकन गर्ने अपेक्षा गरिएको छ । एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको छाता संस्था ईफाप्काका अध्यक्ष समेत रहेका महासंघ अध्यक्ष सिंहलाई अतिथिको रुपमा एक्स्पोमा आमन्त्रण गरिएको हो ।

सोही अवसरमा अध्यक्ष सिंहले निर्माण उद्योगसँग सम्बन्धित् पछिल्ला प्रविधिका बारेमा विज्ञहरूसँग छलफल हुनेछ । महासंघ यस एक्स्पोको सर्पोटरको भूमिकामा रहेको छ । अध्यक्ष सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका महासचिव रोशन दाहाल, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, कार्यसमिति सदस्य अशोककुमार केसी, कार्यालय प्रमुख प्रेम सिंह ऐ लगायतले बिदाई गरे ।