राजस्व परिचालनमा धेरै पछाडि छौँ : अर्थमन्त्री

राजस्व परिचालनमा धेरै पछाडि छौँ : अर्थमन्त्री


ग्लोब नेपाल
243
Shares

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा राजस्व परिचालनमा धेरै पछाडि परिएको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा नवनिर्मित बलराम(तारा प्रधान इनर्जी ल्याब भवनको आज उद्घाटन गर्दै गत आवको यही समयको राजस्व परिचालन दरको तुलनामा निकै पछाडि परिएको बताएका हुन् ।

चालु आर्थिक वर्षमा राजस्व परिचालनमा निकै पछाडि परेको र पुँजीगत खर्च जम्मा १४ देखि १५ प्रतिशतसम्म भएकोले यो गत आवको यहीँ समयको भन्दा निकै कम भएको मन्त्री पौडेलले जानकारी गराए । यही अवस्थाबाट सुधार गर्ने अपेक्षा गर्दै उनले आउने वर्षको बजेट कसरी निर्माण गर्ने भन्ने चिन्ता रहेको बताए । उनले समग्र अर्थ क्षेत्रमा चुनौती रहेको उल्लेख गरेका छन् ।

उनले भने, ‘ब्याजदर, महँगी ग्राहिस्थति, विदेशी मुद्रास्फीति, टेड ब्योलेन्सको प्रश्न हाम्रा सामुन्ने छ, आर्थिक दृष्टिकोणले केही चुनौती केही दबाबको सामना गर्दै आइरहनु परेको छ, यसलाई सकारात्मक बनाउन लागेका छौँ ।’ सरकार सामु आर्थिक क्षेत्र सकारात्मक बाउने चुनौती रहेकाले यसलाई सामना गर्दै गतिशील र विकसित आर्थिक अवस्था बनाउने अभियानमा सरोकारवालाले सहयोग गर्नुपर्ने उनको धारणा थियो ।

मन्त्री पौडेलले शिक्षा क्षेत्रको गुणस्तरीयतामा पनि चुनौती रहेकाले युवा जनशक्ति पलायन भएकोमा गुनासो गरे । समग्र मुलुक परिवर्तन गर्ने शिक्षा व्यवस्थापन गर्ने सरकारको दायित्वभित्र पर्ने भएकाले यो चुनौतीलाई चिर्दै गुणस्तरीय सीपमूलक शिक्षा दिनु आवश्यक रहेको उनले बताए ।