क्यानका अध्यक्षको राजीनामा माग, बैठक बहिष्कार

क्यानका अध्यक्षको राजीनामा माग, बैठक बहिष्कार


ग्लोब नेपाल
351
Shares

पोखरा । नेपाल क्रिकेट संघ क्यानका ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेपछि क्यानको बोर्ड बैठक अघि बढ्न सकेको छैन ।

बैठकको सुरुमै ७ जनाको तर्फबाट ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र नै बुझाएका हुन् ।
उनीहरूले अध्यक्ष चन्दको अध्यक्षतामा बोर्ड बैठक बस्न नसक्ने भन्दै बहिष्कार गरेका छन् । नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीानामा माग गरेका हुन् ।

क्यानका केन्द्रीय सदस्य गौतमसहित दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले माघ १५ काठमाडौंमा पत्रकार सम्मेलन गरेर कार्यसम्पादन समितिका रहेकाहरूले राजीनामा दिनुपर्ने माग गरेका थिए । उनीहरूले आज लिखित रुपमा बोर्ड बैठकमा राजीनामाको माग गरेका हुन् ।

कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदक खड्का रहेका छन् ।