इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा

इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा


ग्लोब नेपाल
108
Shares

मिलान । साबिक विजेता इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ। इन्टरले क्वाटरफाइनलमा एटालान्टालाई १-० गोलले पराजित गरेको हो। सान सिरोमा गएराति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

एटालान्टाभन्दा उत्कृष्ट प्रदर्शन गरेपनि ब्रेक अगाडि इन्टरले गोल गर्न भने सकेन। उसले डेडलक तोड्नका लागि ५७ मिनेटसम्म कुर्नुपर्‍यो । माटेयो डर्मियानले इन्टरलाई अग्रता दिलाएका थिए। बाँकी समयमा एटालान्टा खेलमा फर्कन नसक्दा उनकै गोल इन्टरलाई अन्तिम चारमा प्रवेश गर्न पर्याप्त भयो।

अब सेमिफाइनलमा युभेन्टस र लासियोबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यी दुई बीचको क्वाटरफाइनल शुक्रबार हुनेछ।