ओखलढुङ्गाबाट काठमाडौं आउँदै गरेको फोर्स गाडी दुर्घटना, ६ जना घाइते

ओखलढुङ्गाबाट काठमाडौं आउँदै गरेको फोर्स गाडी दुर्घटना, ६ जना घाइते


ग्लोब नेपाल
729
Shares

काठमाडौं । बुधबार दिउँसो ओखलढुङ्गाबाट काठमाडौं आउँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको छ । गाडीमा सवार ६ जना घाइते भएको समाचार प्राप्त भएको छ । गाडी बुधबार दिउँसो करिब १२ बजे मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ६ को हिलेपानी भन्ज्याङ नजिकै दुर्घटनामा परेको हो ।

ओखलढुङ्गा प्रहरी प्रमुख शुकदेव खनालले दुर्घटना भएको पुष्टि गरेका छन् । घटनाको बारेमा जानकारी हुना साथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालको टोली घटनास्थलतर्फ गएका छन् । घटनाको बारेमा विस्तृत विवरण भने आउन बाँकी छ ।