बलिउडको फ्लप कमब्याक

बलिउडको फ्लप कमब्याक


ग्लोब नेपाल
135
Shares

मुम्बई । अभिनेता शाहरुख खान चार वर्षपछि ‘पठान’मार्फत कमब्याक भए । उनको कमव्याकले बक्सअफिसमा तहल्कै मच्चाइदियो । उनको फिल्मले एकपछि अर्को गर्दै कयौं नयाँ रेकर्ड बनायो ।

शाहरुखअघि बलिउडका राजेश खन्नादेखि आमिर खानसम्मले जबरजस्त किसिमले दर्शकमाझ कमव्याक गर्न खोजेका थिए । तर उनीहरुको कमव्याक फ्लप साबित भइदियो । हलमा फ्लप भएका यी कलाकारका फिल्म अहिले ओटीटी प्लेटर्फममा हेर्न सकिन्छ ।

राजेश खन्ना

बलिउडको पहिलो सुपरस्टार राजेश खन्नाले कुनै समय राजनीतिमा पाइला चाले । राजनीति यात्रापछि उनी पुनः फिल्ममा कमव्याक गर्न चाहन्थे । नभन्दै उनले सन् १९९४ मा रिलिज फिल्म ‘खुदाई’बाट कमव्याक गरे । तर उनको कमव्याक सफल हुन सकेन । बक्सअफिसमा फ्लप उनको यो फिल्मलाई दर्शकले जी५मा हेर्न सक्छन् ।

माधुरी दीक्षित

बलिउडकी ‘धकधक गर्ल’ माधुरी दीक्षित लामो समयपछि फिल्म ‘आज नच ले’मार्फत फिल्ममा कमव्याक गरिन् । फिल्म ‘आज नच ले’ भए पनि व्यापारिक हिसाबले बक्सअफिसमा न दर्शक नाँच्न सके, न त फिल्म नै । यो फिल्म ओटीटी प्लेटफर्म प्राइम भिडियोमा उपलब्ध छ ।

रणवीर कपुर

रणवीर कपुरले ‘सन्जू’ जस्तो धमाकेदार फिल्म दिएपछि लामो समयसम्म फिल्मबाट टाढा रहे । यसपछि उनी ‘शमशेरा’मार्फत कमव्याक त गरे, तर उनको कमव्याक असफल साबित भयो । यो फिल्म मजा प्राइम भिडियोमा उपलब्ध छ ।

करिश्मा कपुर

सन् ९० को दशककी लोकप्रिय अभिनेत्री करिश्मा कपुरले सन् २००६ मा फिल्म ‘मेरे जीवन साथी’बाट कमव्याक गरिन् । उनले यो फिल्ममार्फत् गुमेको पहिचानलाई स्थापित गर्न खोजेकी थिइँन् । तर, त्यसमा सफल हुन सकिनन् । किनकी फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो ।

आमिर खान

बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान फिल्म ‘लाल सिंह चढ्ढा’ बाट लामो समयपछि कमव्याक भए । यद्यपि फिल्म बक्सअफिसमा फ्लप साबित भयो । यो फिल्मलाई दर्शकले नेटफ्लिक्समा हेर्न सक्छन् ।