कालिन्चोक दर्शनको आईपीओ बाँडफाँड

कालिन्चोक दर्शनको आईपीओ बाँडफाँड


ग्लोब नेपाल
189
Shares

काठमाडौं । कालिन्चोक दर्शनको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये १४ लाख ७३ हजारमध्ये ८ हजार २०६ जनाको आवेदन रद्द भएको थियो । बाँकी १४ लाख ६५ हजार ७६३ आवेदकमध्ये गोलाप्रथाबाट ८९ हजार ६४० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ ।

करिब १३ लाख ७६ हजारको हात रित्तो भएको छ । आईपीओको नतिजा आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीबाट हेर्न सकिनेछ । कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केवलकार सञ्चालन गरिरहेको छ । गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७७ पैसा छ भने प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ ३४ पैसा छ ।