महोत्तरीको बर्दिबासमा राष्ट्रिय खेलको तयारी

महोत्तरीको बर्दिबासमा राष्ट्रिय खेलको तयारी



महोत्तरी । एन्फाको स्वीकृति लिएर बर्दिबासमा जिल्लामा नै  पहिलो पल्ट राष्ट्रिय फुटवल खेल आयोजना हुने भएको छ ।राष्ट्रियस्तरमा चर्चित कलवलाई सहभागि गराएर २६ माघबाट सुरु हुने खेलमा देशभरका ८ वटा कलव सहभागि हुने छन् ।

बिरगञ्ज युनाइटेड, क्यामरुन एसी, पेमा युवा कलव, व्याइज युनियन, धरान फुटबल कलव, झापा-११ फुटबल कलव र आयोजकको तर्फबाट बर्दिबास युथ कलवसहित ८ वटा टिम खेलमा सहभागी हुने आयोजक पक्षले जनाएको छ ।

बर्दिबास नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिद्वारा आयोजित उक्त खेलको अनुमानित लागत ४५ लाख लाग्ने अनुमान गरिएको छ । बर्दिबास नगरपालिकाले यसअघि नै ३० लाख बजेट छुट्याइसकेको र वाकी रकम स-प्रायोजन गर्ने कम्पनी र संस्थाहरुवाट व्यवस्थापन गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र कुमार शिवभक्तीले जानकारी दिए ।

मेयर गोल्डकप नामाकरण गरिएको उक्त खेलमा पहिलो र दोश्रो हुने टिमलाइ क्रमशः ५ लाख र ३ लाख पुरुस्कारको राषि र सवै विद्यामा उत्कृष्ट हुने खेलाडीलाई पनि जनही १० हजार राशीको पुरुस्कारको व्यवस्था गरिएको छ । ४ फाल्गुनसम्म जारी रहने खेलमा हरेक दिन म्यान अफ म्याचको लागी पनि पुरुस्कारको ब्यवस्था गरिएको छ । म्यान अफ द म्याचको लागि ५ हजार प्रदान गर्ने खेलकुद विकास समितिका सचिव अर्जुन बस्नेतले बताए ।

सवैभन्दा महत्त्वपूर्ण त आयोजक टिमको तर्फबाट सहभागी हुने बर्दिबास युथ कलवले वाहिरी खेलाडी समावेश गरेको छैन । यसअघि हुने खेलहरुमा वाहिरबाट खेलाडी किनेर ल्याएको बिषयमा चर्को आलोचना हुने गरेको थियो । नगरको १४ वटै वडावाट उत्कृष्ट ३४ जना खेलाडी चयन भएका छन् । प्रशिक्षक कुल वहादुर श्रेष्ठले दिइरहेको उक्त प्रशिक्षणपछि २२ जनावाट खेलको लागी छनोट हुने बताइएको छ ।

राष्ट्रियस्तरका चर्चित कलवसगँ प्रतिस्पर्धा गर्ने तयारी गरेको आयोजक टिमलाइ महत्वपूर्ण ढंगले हेरिएको छ । आयोजक टिमले नाम चलेका कलवसगँ सुखद प्रतिस्पर्धा गर्ने आयोजक पक्षको विश्वास छ ।