रेजिना कपको उपाधि ओखलढुंगा जिल्लालाई

रेजिना कपको उपाधि ओखलढुंगा जिल्लालाई


ग्लोब नेपाल
945
Shares

खाँदबारी । प्रदेशस्तरीय रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि ओखलढुंगा जिल्लाले जितेको छ । संखुवासभाको खाँदबारीमा शनिबार भएको फाइनलमा भोजपुर भलिबल टिमलाई ३–१ को अन्तरले हराउँदै ओखलढुंगाले उपाधि जितेको हो । विजयी ओखलढुंगाले नगद १ लाख ११ हजार र २ सय १० तोलको चाँदीको शिल्ड हात पार्‍यो । उपविजेता बनेको भोजपुरले ५५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगितामा झापा भलिबल टिम तेस्रो र पाँचथर भलिबल टिम चौथो भए । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी ओखलढुंगाका समिप श्रेष्ठ घोषित भए । वेस्ट स्पाइकर ओखलढुंगाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, व्लकर द्वारिका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सरभर बालकुमार रायमाझी घोषित भए ।

प्रतियोगितामा १ नम्बर प्रदेशका १३ जिल्लाका टिम सहभागी भएको आयोजक सूर्य माविले जनायो । विजयी टिमलाई भलिबल संघका केन्द्रीय महासचिव रोशन श्रेष्ठले पुरस्कार वितरण गरे ।