सेभियाकाे पाेस्टमा बार्सिलोनाकाे ३ गाेल

सेभियाकाे पाेस्टमा बार्सिलोनाकाे ३ गाेल



मड्रिड । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले सेभियालाई ३–० ले पराजित गरेकाे छ ।

आफ्नै मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा, गाभि र राफिन्हाले १–१ गोल गरेका हुन् । स्पेसिनस लिगको अर्को खेलमा रियाल मड्रिडलाई रियाल मयोर्काले १–० ले पराजित गरेकाे हाे।

त्यसैगरी जिरोनाले भ्यालेन्सीयालाई १–० ले पराजित गर्दा रियाल भालाडोलिडले रियाल सासिडाडमाथि १–० काे जित निकालेकाे हाे । स्पेनिस लिगमा २० खेलबाट ५३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहेकाे छ।

समान खेलबाट ४५ अंक जोडेको रियाल मड्रिड बार्साभन्दा ८ अंकले पछाडि रहेकाे छ । ३९ अंकसहित सोसिडाड तेस्रो स्थानमा रहेको छ ।