टोटन ह्यामसँग म्यान्चेस्टर सिटी पराजित

टोटन ह्यामसँग म्यान्चेस्टर सिटी पराजित



लन्डन । इंग्लिश प्रिमियर लिग फुटबलमा टोटन ह्याम हट्सपरले म्यान्चेस्टर सिटीलाई १–० ले पराजित गरेकाे छ ।

आइतबार राति आफ्नै मैदानमा भएको खेलमा टोटन ह्याम हट्सपरलाई विजयी गराउन ह्यारी केनले निर्णायक गोल गरेका हुन् । यो गोलसँगै केन टोटन ह्याम हट्सपरको लागि सर्वाधिक २ सय ६७ गोल गर्ने खेलाडी बनेका छन् । केनले क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी जिमि ग्रिएभ्सको २ सय ६६ गोलको कीर्तिमान तोडेका हुन् ।

आइतबार राति भएको अर्को खेलमा नटिङ्घम फरेष्टले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेकाे हाे । आइतबार रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २० खेलबाट ५० अंक जोडेको आर्सनल शीर्ष स्थानमा रहेकाे छ । एक खेल बढी खेलेको म्यानचेस्टर सिटी ४५ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको ४२ अंक रहेकाे छ ।