सन्दीपको मुद्दाको पेसी पुन: स्थगित

सन्दीपको मुद्दाको पेसी पुन: स्थगित


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको काठमाडौँ जिल्ला अदालतको पेशी पुनः स्थगित भएको छ । जाहेरीकर्ताले नै सोमबारका लागि तय भएको पेशी स्थगित गरेका हुन् ।

सन्दीपको मुद्दा न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासमा परेको थियो । उनको मुद्दा छैटौँ नम्बरमा रहे पनि जाहेरीकर्ताका वकिलले स्थगित गरेका हुन् । स्रोतका अनुसार पाटन उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट परेपछि सर्वोच्चको आदेश पर्खनका लागि मुद्दा स्थगित गरिएको हो ।

सन्दीपको मुद्दाको अन्तिम फैसला हुन बाँकी छ । सन्दीपले पुनरावेदन गरेपछि पाटन उच्च अदालते उनलाई विभिन्न सर्तसहित २० लाख धरौटीमा छाडेको थियो । सन्दीप धरौटीमा छुटेसँगै क्यानले पनि उनीमाथिको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिमको क्लोज क्याम्पमा राखेको छ ।