सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ सोमबार बिहान सुपर मादी हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।

कम्पनीले सर्वसाधारणमा माघ ९ गतेदेखि १२ गतेसम्म १७ लाख ४३ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको थियो । सर्वसाधारणमा कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रूपैयाँको १० प्रतिशत अर्थात् २१ करोड रूपैयाँ बराबरको २१ लाख कित्ता शेयर छुट्याएको थियो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) का अनुसार बुधवारसम्म कम्पनीको आईपीओ खरीदका लागि करिब ७ गुणा आवेदन परेको छ । बुधवारसम्म कम्पनीको आईपीओ खरीदका लागि १० लाख २७ हजार ८४३ जनाले १ करोड १९ लाख २ हजार ५०० कित्ता शेयर खरीद माग परेको थियो ।

जसमध्ये १२ लाख ९८ हजार ६९३ आवेदकबाट १ करोड ४४ लाख ४६ हजार ५६० कित्ताका लागि स्वीकृत आवेदन परेको थियो । आवेदन दिएकामध्ये १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।