मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिने

मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिने


ग्लोब नेपाल
945
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले माघ २५ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसरी दुई वा सोभन्दा बढी दलहरुको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै सदनबाट विश्वासको मत लिनु पर्ने कानुनी व्यवस्था रहेको छ । उनले माघ २६ गतेभित्रै विश्वासको मत लिनु पर्नेछ ।

मुख्यमन्त्रीले बुधबार बिहान ११ बजे विश्वासको मत लिने भएका छन् । उनले सत्ता साझेदार सबै दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने उल्लेख गरे । नेकपा (एमाले) का रावल सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । बीचमा नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएसम्म विश्वासको मत नदिने जिकिर गर्दा मुख्यमन्त्री केही दिन अलमलिएका थिए ।