प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता

प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौँ । प्रमुख दलका तीन शीर्ष नेताबीच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा एमाले अध्यक्षा प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि तीन नेताबीच छलफल हुनुलाई चाँसोका साथ हेरिएको छ । भेटमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासका साथसाथै समग्र राजनीतिक विषयमा छलफल केन्द्रीत रहेको स्रोतले बताएको छ ।

सत्तासीन माओवादी केन्द्र र कांग्रेसका नेताहरु राष्ट्रिय सहमतिको सरकारमा पक्षमा छन् भने एमाले यसबारे सकारात्मक देखिएकाे छैन । प्रधानमन्त्री प्रचण्डले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको बताउँदै आएका छन् ।