प्रधानमन्त्रीलाई शिक्षा र श्रम मन्त्रालयको थप जिम्मेवारी

प्रधानमन्त्रीलाई शिक्षा र श्रम मन्त्रालयको थप जिम्मेवारी


ग्लोब नेपाल
405
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई ती दुबै मन्त्रालयको जिम्मेवारी दिएकी हुन् ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा मन्त्री शिशिर खनाल रर श्रममन्त्री डोलप्रसाद अर्यालले आइतबार राजीनामा दिएका थिए । यसअघि प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातारण मन्त्रालयको पनि जिम्मेवारी लिएका थिए ।

त्यस्तै, तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता कायम नरहेकाले उनको सांसद पद बदर भएको सर्वोच्च अदालतको फैसला गरेपछि लामिछानेले राजीनामा दिएका थिए । लामिछानेले राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आएका छन् ।