राष्ट्रपतिमा कांग्रेसलाई सबैले सहयोग गर्छन् : सहमहान्त्री यादव

राष्ट्रपतिमा कांग्रेसलाई सबैले सहयोग गर्छन् : सहमहान्त्री यादव


ग्लोब नेपाल
351
Shares

धनुषा । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अब बन्ने राष्ट्रपति नेपाली कांग्रेसको हुने बताएका छन् । सोमबार धनुषाको ढल्केवरमा पूर्व प्रधानपञ्च कुलबहादुर स्याङ्गदनको श्रद्धाञ्जलि सभामा अहिलेको राजनीतिक घटना क्रमलाई जोड्दै उनले अब बन्ने राष्ट्रपति नेपाली कांग्रेसको हुने दाबी गरे ।

कांग्रेसबाट राष्ट्रपति बनाउन नेकपा एमालेबाहेक अन्य राजनीति दल सहमत रहेको बताउँदै सहमहामन्त्री यादवले सहमतिबाट नभए चुनावी प्रक्रियाबाट भए पनि नेपाली कांग्रेसकै तर्फबाट राष्ट्रपति बन्ने बताएका छन् ।

कांग्रेसको तर्फबाट राष्ट्रपति बनाउन नेकपा माओवादीलगायत अन्य राजनीतिक दल सहमत भएकाे उनकाे दाबी छ ।