चीनले स्वीकार्‍यो- ल्याटिन अमेरिकामा देखिएको बेलुन हाम्रो

चीनले स्वीकार्‍यो- ल्याटिन अमेरिकामा देखिएको बेलुन हाम्रो


ग्लोब नेपाल
135
Shares

एजेन्सी । ल्याटिन अमेरिकाको आकशमा शुक्रबार देखिएको बेलुन आफ्नो भएको चीनले स्वीकारेको छ । उसले यो बेलुन मानवीय प्रयोजनका लागि छाडेको जनाएको छ ।

शुक्रवार ल्याटिन अमेरिकामा देखिएको बेलुन आफ्नो भएको स्वीकार्दै चीनले त्यसलाई विशुद्ध मानवीय प्रयोजनका लागि छाडिएको जनाएको हो । यो बेलुन कुनै देशविरुद्ध जासुसीका लागि नभएर नागरिकको प्रयोगका लागि छाडिएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यो बेलुनले बाटो बिराएर ल्याटिन अमेरिका पुगेको स्वीकारेको छ ।

यसअघि यस्तै एक बेलुन अमेरिकी हवाई क्षेत्रमा शनिवार लडाकु जहाजले खसाएको थियो । अमेरिकाले चीनमाथि यी बेलुनमार्फत जासुसी आरोप लगाएको थियो । त्यसपछि यसको निगरानीमा अमेरिकाले फाइटर जेट परिचालन गरेको थियो ।

यो बेलुन प्रकरणपछि अमेरिका र चीनबीच एक नयाँ कूटनीतिक विवाद सतहमा आएको छ । यसअघि यी दुई देशबीच आर्थिक र व्यापारिक मुद्दालाई लिएर शीत युद्ध चल्दै आएको थियो ।