सत्ता गठबन्धनभित्र ठूलो घटना हुने खतरा छ : रमेश लेखक

सत्ता गठबन्धनभित्र ठूलो घटना हुने खतरा छ : रमेश लेखक


ग्लोब नेपाल
2.1k
Shares

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारूढ गठबन्धनभित्र ठूलो घटना हुने खतरा देखिएको बताएका छन्। सोमबार सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले सत्तारूढ गठबन्धनका नेताहरूमा अधैर्यता र विचलन देखिएको बताए।

उनले सरकारको सैद्धान्तिक धरातल समेत कमजोर र विरोधाभासपूर्ण रहेको भन्दै यसैको परिणामस्वरूप सरकार अहिलेको अवस्थामा आइपुगेको बताए। सत्तारूढ दलहरूमध्ये नेकपा (एमाले) सबभन्दा विचलित भएको उनको भनाइ छ। उनले प्रधानमन्त्री एउटा हुने र देश अर्कोले चलाउन खोजेको लक्षण देखिएकोले यसो भएमा सकसपूर्ण स्थिति आउने उल्लेख गरे।

उनले सत्तारूढ दलका नेताहरू अत्तालिएको भन्दै त्यसले सत्तारूढ गठबन्धनभित्र केही ठूलै घटना हुने खतरा देखिएको बताए। ‘यो सरकारको गतिविधिहरू र सत्ता समीकरणमा रहेका संलग्न भएका नेताहरूको अधैर्यता, प्रस्तुति, विचलन जुन देखिएको छ त्यसले के देखिएको छ भने अहिले सरकारमा भएका दलका केही नेताहरू अत्यन्तै आत्तिएका छन्। अत्तालिएका छन्। उहाँहरूको जुन चिन्ता र अधैर्यता देखिराखिएको छ त्यसले नै सत्ताभित्र केही ठूलै घटनाहरू हुने खतरा देखिराखिएको छ।’