राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार जिताउँछौं : शेखर कोइराला

राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार जिताउँछौं : शेखर कोइराला


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र उक्त उम्मेदवारलाई जिताउने बताएका छन् । अन्य दलहरूसँग सहमति गरेर कांग्रेसले आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने उनको दाबी छ ।

नेपाल प्रेस युनियन बागमती प्रदेश प्रथम अधिवेशनको आज सौराहमा उद्घाटन गर्दै कोइरालाले २५ फागुनकाे राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र कांग्रेसकै उम्मेदवारले जित्ने बताए ।

कांग्रेस एक्लैको मतले मात्र राष्ट्रपति निर्वाचित नहुने भएकोले अन्य दलहरूसँग सहकार्य गरिने कोइरालाले बताए । कांग्रेस प्रतिपक्षमै बस्ने र सरकारमा सहभागी नहुने पनि उनले बताएका छन् ।