प्रमुख प्रतिपक्षी दलमा नेमकिपाको दाबी

प्रमुख प्रतिपक्षी दलमा नेमकिपाको दाबी


ग्लोब नेपाल
324
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले बागमती प्रदेश सभाको प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ । नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइले आज प्रमुख प्रतिपक्षी दलको दाबी गर्दै सभामुख भुवन पाठक समक्ष पत्र बुझाएका हुन् ।

गत माघ ३ मा मुख्यमन्त्री शालिकराम जमकटेलले विश्वासको मत लिँदा नेमकिपा बाहेक सबै दलले सरकारलाई विश्वासको मत दिएको भन्दै उनले प्रमुख प्रतिपक्षी दलको दाबी गरेका हुन् ।

बागमतीमा कांग्रेस र नेमकिपाबीच विपक्षी दलको नेताको विषयलाई लिएर विवाद सुरु भएको छ । हिजो बसेको सर्वदीय बैठकमा पनि कांग्रेस र नेमकिपाबीच विपक्षी दलको नेताको विषयमा विवाद भएको थियो । कांग्रेसले आफूले सरकारलाई समर्थन नगरेको र केवल विश्वासको मत मात्रै दिएको भन्दै विपक्षी दल भएको दाबी गर्दै आएको छ ।