सत्ता बाहिर बसेर रास्वपा सङ्गठन विस्तारमा केन्द्रित हुने

सत्ता बाहिर बसेर रास्वपा सङ्गठन विस्तारमा केन्द्रित हुने


ग्लोब नेपाल
324
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सङ्गठन विस्तारमा केन्द्रित हुने भएको छ । रास्वपाले सत्ता छाडेर सङ्गठन विस्तार र निर्माणमा केन्द्रित हुने भएको हो । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा रवि लामिछानेले ३२ दिन उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले राजीनामा दिएपछि रास्वपाका अन्य तीन मन्त्रीले पनि १९ दिनमा राजीनामा दिएका हुन् । जसमा श्रम मन्त्री डिपी अर्याल, शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्रीबाट तोषिमा कार्कीले राजीनामा दिएकी हुन् ।

सत्ता बाहिर बसेर सङ्गठन निर्माणमा केन्द्रित हुने केन्द्रीय सदस्य गणेश कार्कीले बताए । उनले भने, ‘सरकारलाई समर्थन कायम गर्दै मन्त्री ज्यूले राजीनामा दिनु भएको छ । अब पार्टीको सङ्गठन विस्तारमा लाग्ने छौँ । अब पार्टी बलियो बनाएर जानुको विकल्प छैन । पार्टी बलियो भए यस्ता सरकार धेरै बनाउन सकिन्छ भन्ने छ ।’

लामिछानेले राजीनामा पछि पहिलो पटक सोमबार केन्द्रीय समिति र संसद्को बैठक बसेको थियो । बैठकले सङ्गठन विस्तारलाई जोड दिने निर्णय गरेको हो । सङ्गठन विस्तार, भेला, छलफल बैठकहरू सातै प्रदेश र ७७ जिल्लामा चलाइने रास्वपाले जनाएको छ । अहिले गण्डकी प्रदेशको मात्रै बैठक बसेको छ । पार्टीका कतिपय नेताहरुले लामिछानेको पासपोर्ट र पूर्ण फैसला नआएकाले पार्टीको स्थिति के हुने हो भन्ने विषयमा चिन्ता व्यक्त गरेका छन् ।

पार्टीको सर्वेसर्भा सभापति भएकाले सबै मुद्दा किनारा छिनो लागेमा सहज हुने नेताहरूको भनाई छ ।