रास्वपालाई पुनः सरकारमा ल्याउने प्रयास जारी छ : सञ्चारमन्त्री शर्मा

रास्वपालाई पुनः सरकारमा ल्याउने प्रयास जारी छ : सञ्चारमन्त्री शर्मा


ग्लोब नेपाल
324
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी छन् ।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको उत्तर दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार संकटमा नरहेको बताइन् ।

सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले पार्टीलाई पुनः सरकारमा ल्याउन राजनीतिक ढंगबाट पहल गरिएको मन्त्री शर्माले बताइन् ।

“प्रधानमन्त्रीज्युले बाहिर सार्वजनिक रुपमा पनि बोल्नुभएको छ कि हामी यो गठबन्धनलाई बचाउनको निम्ति र उहाँहरुलाई पनि फेरि सरकारमा सहभागी गराउनको निम्ति प्रयत्नशील छौँ,” उनले भनिन्, “त्यसका लागि पहल, प्रयत्न भइरहेको छ । सरकारको समर्थन फिर्ता नलिसकेपछि सरकार संकटमा परेको छैन ।”