सुदूरपश्चिम प्रदेशमा पाउलान त रावलले विश्वासको मत ?

सुदूरपश्चिम प्रदेशमा पाउलान त रावलले विश्वासको मत ?

उन्मुक्तिले निर्णय नलिदाँ मुख्यमन्त्री अप्ठयारोमा


ग्लोब नेपाल
756
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिने भएका छन । संविधानको धारा १६८ को उपधारा (२) बमो जिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन् । 

प्रदेश सभा सचिवालयका सुचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । 

नागरिक उन्मुक्ति पार्टीले आफना माग सम्वोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरे पछि अप्ठयारोमा परेका रावललाई रेशम चौधरीको मुद्धामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको बताईएको छ ।

तर, उन्मुक्तिले भने मत दिने नदिने औंपचारिक रूपमा घोषणा गरिसकेको छैन । जसका कारण मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सुनिश्चित भएको छैन ।

नेकपा (एमाले )का रावल सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।