राजर्षि जनक फुटबल आजवाट सुरु हुने

राजर्षि जनक फुटबल आजवाट सुरु हुने


ग्लोब नेपाल
0
Shares

सर्लाही । मधेस प्रदेशको चर्चित राजर्षि जनक कप फुटबल प्रतियोगिताको सातौं संस्करण उदघाटन खेल बुधबार सुरु हुँदै छ ।

उपप्रधान तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठले उदघाटन गर्ने उक्त पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल एपीएफ क्लब आपसमा भिडने छन् ।

वाग्मती युवा क्लब सर्लाही र वाग्मती नगरपालिका खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने उक्त खेल १२ दिनसम्म चल्नेछ ।

प्रतियोगिताको पहिलो खेलका क्रममा वाग्मती नगरपालिकाभित्र सार्वजनिक विदा दिनुका साथै टिकट निःशुल्क गरिएको वाग्मती नगरपालिका नगर खेलकुद संयोजक सागर मैनालीले जानकारी गराए । आयोजकले अन्य दिनको टिकट शुल्क १०० र २०० राखेको छ ।