राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : मतदान सुरु, आजै नतिजा आउने

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : मतदान सुरु, आजै नतिजा आउने


ग्लोब नेपाल
567
Shares

दाङ । लुम्बिनी प्रदेशमा एक सिटका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सुरु भएको मतदानको नतिजा आउने बताइएको छ । स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता रहेको सो निर्वाचनमा अपरान्ह ३ बजेसम्म मतदानका लागि समय तोकिएको छ । 

उपनिर्वाचनमा सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु चुनावी प्रतिष्पर्धामा छन ।

जसअनुसार सत्तारूढ एमालेकातर्फवाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ ।

तत्कालिन एमाले सांसद खिमलाल भट्टराईले राजिनामा दिए पछि उक्त प्रदेशवाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो । उक्त रिक्त पदमा आज निर्वाचन भइरहेको हो  ।