राष्ट्रपतिमा एमाले उम्मेदवारलाई हराउन लाग्छौं : महामन्त्री थापा

राष्ट्रपतिमा एमाले उम्मेदवारलाई हराउन लाग्छौं : महामन्त्री थापा


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेको उम्मेदवार राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने टिप्पणी गरेका छन् । हिजोको राष्ट्रपतिका कारण फेरि एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको उनले सुनाए ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले भने, ‘एमाले नेतृत्वले कार्यकर्तालाई राष्ट्रपति बनायो भने ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ ।’बालुवाटार र शीतल निवास केन्द्र बन्ने र एक ठाउँमा पुगेर संविधानलाई दुर्घटनामा पार्ने उनले बताए ।

राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेको स्मरण गर्दै थापाले भने, ‘आँखा लाउलास् भन्नुहुन्छ । आँखै लाउँछौं । भोटै माग्छौं, हामीले भनेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउने कोसिस गर्छौं । किनभने हिजोको राष्ट्रपतिको भूमिकाको कारणले पसेको डरबाट मुक्त हुन चाहन्छौं ।’

सोही कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न सोध्नै नपाइने हो भन्दै प्रश्नसमेत गरेका छन् । महामन्त्री थापलाले रास्वपा एमालेको साइबर सेनाभन्दा बढि आक्रमक भएको जिकिर गरे ।