गगनको प्रश्न : रास्वपाले सरकार छाड्दै गर्दा समर्थन फिर्ता लिनुपर्दैन ?

गगनको प्रश्न : रास्वपाले सरकार छाड्दै गर्दा समर्थन फिर्ता लिनुपर्दैन ?


ग्लोब नेपाल
864
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई विश्वासको मत किन दिएको भनेर आफूहरुलाई प्रश्न गर्न मिल्ने बताएका छन् ।

तर एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि यस्तै प्रश्न उठ्ने उनले बताए । बुधबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री थापाले भने, ‘हम करेतो रासलिला, तुम करे तो क्यारेक्टर ढिला ?’ पछिल्लो समय यस्तो प्रश्न गर्दा पन्छाउने वा व्यक्तिगत रुपमा लिन थालिएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

“राष्ट्रिय स्वतन्त्र पार्टी अहिले आयो । कल्पना गरेभन्दा बढी मत जनताले दिनुभयो । यसको सन्देश मनन् गर्नुपर्छ सच्चिन दबाब दिएको छ । पार्टीको मत चाहिँ नो नट अगेन भनेर मत लिएको हो,” उनले भने, “सरकारमा चाहिँ किन गएको ? एकैपटक किन गएको ? सरकारमा गएर पुनः किन बाहिरिएको ? अनि किन समर्थन फिर्ता नलिएको ? सरकार छोड्दा समर्थन फिर्ता लिनुपरेन ? राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न सोध्न नहुने हो ?”

प्रश्न अन्य दललाई जस्तै रास्वपालाई पनि आउने उनले जिकिर गरे । पार्टी अध्यक्ष रवि लामिछानेले केही दिन अघि गरेको पत्रकार सम्मेलन आफूले हेरेको भन्दै लोकतन्त्रमा प्रेस अभिन्न अंग भएकाले यसको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए ।