काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।
राष्ट्रिय सभाको उपाध्यक्षको भूमिका स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन आफूआवद्ध माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग भएको उनले घोषणा गरेकी छन् ।
अर्यालले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोले यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन म आबद्ध रहेको दल नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक सांगठनिक जिम्मेवजारीबाट अलग रहेको घोषणा गर्दछु ।’
अर्याल यसअघि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्यको रुपमा थिइन् । उनी गत सोमबार सत्ता गठबन्धन दलहरूको तर्फबाट राष्ट्रिय सभाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।



प्रतिक्रिया