सर्वोच्चद्वारा देउवालाई विपक्षी दलको नेता तोक्नुको कारण सभामुखसँग माग

सर्वोच्चद्वारा देउवालाई विपक्षी दलको नेता तोक्नुको कारण सभामुखसँग माग


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद सचिवालयसँग नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण माग गरेको छ । कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ ।

देउवालाई विपक्षी दलको मान्यता दिने संघीय संसद सचिवालयको निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सो रिटमा बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले रिट निवेदनमा विपक्षी बनाइएका सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषदलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

अधिवक्ता पोखरेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्षी हुन नसक्ने दावी गरेका थिए ।