उच्चस्तरीय संयन्त्रको बैठक शुक्रबार बिहान

उच्चस्तरीय संयन्त्रको बैठक शुक्रबार बिहान


ग्लोब नेपाल
513
Shares

काठमाडौं । सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ । बिहीबार अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने गरी स्थगित गरिएको हो ।

संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने संयन्त्रका संयोजक तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए । 

बिहीबार संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेकाे छ ।