सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले दिए राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले दिए राजीनामा


ग्लोब नेपाल
459
Shares

काठमाडौं । विश्वासको मत गुमेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदबाट राजीनामा दिएका छन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का ७ सांसदले साथ नदिँदा विश्वासको मत नपाएर पदमुक्त भएका मुख्यमन्त्री रावलले बिहीबार प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका हुन् ।

२७ पुसमा सत्ता गठबन्धन दलसँगै नाउपाको समेत समर्थनमा रावल मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, रावलले विश्वासको मत पाउन असमर्थ रहे ।

रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने बाटो खुलेको छ ।

सुदुरपश्चिममा १९ सीट रहेको नेपाली कांग्रेसले सबैभन्दा ठूलो दलको हैसियतले नयाँ सरकार गठनको तयारी थाल्ने कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बताएका छन् । ठूलो दल कांग्रेसले सरकार बनाउन अन्य दलसँग सहकार्य गर्ने बताएको छ ।