हामीले भनेकै ब्यक्ति राष्ट्रपति हुन्छ : ओली

हामीले भनेकै ब्यक्ति राष्ट्रपति हुन्छ : ओली


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले भनेकै ब्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।

संघीय संसदको दुवै सदनलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले सम्बोधन गरेपछि निस्कने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै एमाले अध्यक्ष ओलीले यस्ताे बताएका हुन् । उनले सञ्चारकर्मीको प्रश्नमा भने, ‘हामीले भनेकै ब्यक्ति राष्ट्रपति हुन्छ । ’

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि राष्ट्रपति निर्वाचनबारे छलफल भएको थियो ।