काठमाडौं । कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप अर्थात् बुस्टर मात्रा खोप आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ । सेवा विभागको खोप शाखाका प्रमुख सागर दाहालमा अनुसार १५ लाख मात्रा खोप तीनपटक गरी नेपाल भित्राइने भएको छ ।
उनका अनुसार पहिलो पटक फागुन १ गते र दोस्रो पटक फागुन ४ गते खोप ल्याईने छ । तेस्रो पटकको मिति भने अझै तोकिएको छैन । छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’ लाई ३० लाख मात्रा खोप माग गरेको हो । पहिलो चरणमा १५ लाख मात्रा खोप आउने भएको छ । गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप उपलब्ध गराउन थालेको हो ।
प्रतिक्रिया