दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको हुलाक सेवाको संरचना परिवर्तन हुने बताएकी छन् ।
नेपाल पत्रकार महासंघ दाङ सहित विभिन्न सञ्चार संगठनले संयुक्त रुपमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री शर्माले हुलाकको संरचनालाई अपग्रेड गर्दै थप प्रभावकारी बनाउन लागेको बताइन् । उनले हुलाक सेवाको पुन:र्संरचना गर्न लागिएको बताएकी छन् ।
उनले भनिन्, ‘सूचना प्रविधिले फड्को मारिरहेको बेला थुप्रै परम्परागत संरचनालाई सुधार गर्न जरुरी छ, त्यसका लागि हुलाकलाई पुनर्संरचना गरिदैछ । त्यसको ड्राफ्ट तयार भइसकेको छ ।’
प्रतिक्रिया