आउँदो फागुन १० गते भित्र सत्ता गठबन्धन भत्किने गगनको दाबी

आउँदो फागुन १० गते भित्र सत्ता गठबन्धन भत्किने गगनको दाबी



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन १० गते भित्र सत्तारुढ गठबन्धन भत्किने दाबी गरेका छन् । सोमबार रुपन्देहीमा आयोजित कार्यकर्ता भेलामा महामन्त्री थापाले एमाले नेतृत्वको गठबन्धन फागुनको १० गतेसम्म भत्किसक्ने बताएका छन् ।

थापाले भने ‘पुस १० मा बनेको गठबन्धनबारे फागुन १० मा नयाँ समाचार सुन्न पाउनुहुनेछ ।’ त्यसैगरी उनले राष्ट्रपतिमा पनि कांग्रेसले नै प्रस्ताव गरेको उम्मेदवार निर्वाचित हुने बताए । एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए सिंहदरबार र शीतलनिवासबाट समानान्तर सत्ता चल्ने उनको भनाइ छ ।