कांग्रेस सभापति देउवा र भारतीय बिदेश सचिवबिच भेटवार्ता

कांग्रेस सभापति देउवा र भारतीय बिदेश सचिवबिच भेटवार्ता



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय बिदेश सचिव बिनय मोहन क्वात्राबिच भेटघाट भएको छ ।

दुई दिने नेपाल भ्रमणमा आएका बिदेश सचिव क्वात्राले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका हुन । राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटवार्ता सके पछि बिदेश सचिव कांग्रेस सभापति देउवालाई भेटन पुगेका हुन । 

यसपछि बिदेश सचिव क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । दुई देशको सचिवस्तरीय बार्ताका लागि क्वात्रा आज नेपाल आएका हुन ।