रबरस्ट्याम्प राष्ट्रपतिको विकल्पमा कांग्रेसले ढोक्सा थापेकै हो : प्रदीप पौडेल

रबरस्ट्याम्प राष्ट्रपतिको विकल्पमा कांग्रेसले ढोक्सा थापेकै हो : प्रदीप पौडेल

जग हल्लिएर सुदूरपश्चिममा गठबन्धन भत्कियाे



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पार्टीको ‘रबरस्ट्याम्प’ राष्ट्रपतिको विकल्पमा कांग्रेसले ढोक्सा थापेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रबरस्ट्याम्प र आवश्यक पर्दा सचिव लुकाउन सक्ने राष्ट्रपति बनाउन खोजेको आरोप लगाए । त्यस्तो अवस्था आउन नदिन कांग्रेसले राष्ट्रपति पदमा उमेदवार उठाउने उनले बताए । उनले भने, “यहाँ राष्ट्रपति चाहिएको हैन, रबरस्ट्याम्प र आवश्यक परे सचिव लुकाउने राष्ट्रपति चाहिएको छ । त्यसको विरोधमा हामीले ढोक्सा थापेको भने, हामी त्यो ढोक्सा थाप्न तयार छौँ ।”

उनले सत्ता गठबन्धन भत्काउने आफूहरूको चाहना नरहेको भन्दै उनले सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कारण गठबन्धन भत्किएको कि जगै हल्लिएर गठबन्धन भत्किएको भन्दै प्रश्न गरेका छन् ।

“संसद्मा सम्बोधन गर्दा विघटनको महिमागान शीर्ष नेताबाट भयो । संसद् विघटन कायरता थियो, त्यसलाई छोप्न बहादुरी प्रस्तुत गरियो । म चुनौती दिन्छु, अब कायरता दोहोरिन दिने छैन,” उनले भने, “सर्वोच्च अदालत पार्टीको कानुन विभाग बनाउन खोजेजस्तो देखिएको छ । विघटनको भोक र सनक मेटाउन खोजेको पाइयो । यो विषमया हामी गम्भीर भएर संसद् उभिन जरुरी देखिन्छ ।”

नेता पौडेलले थपे, “यो संसद्मा ढोक्सा भन्ने शब्द पूर्वप्रमले चर्चित बनाउनुभयो । हामी ढोक्सा थाप्न हैन, संसद् प्रभावकारी बनाउन उभिएको हो । उहाँसँग दिन के छ र हामीले ढोक्सा थाप्नु रु हतारहतारमा प्रसाद थाप्न बालकोटमा बनेको सहमति कस्तो छ, हामीले किन ढोक्सा थाप्नुपर्‍यो ?”