कांग्रेसद्वारा मधेस प्रदेशसभा बैठक अवरोध

कांग्रेसद्वारा मधेस प्रदेशसभा बैठक अवरोध



जनकपुर । मधेस प्रदेशसभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेका छन् । बुधबार दिउँसो सुरु भएको प्रदेशसभा बैठकमा कांग्रेसले सांसदहरूले अवरोध गरेका हुन् ।

प्रदेशसभा परिसरमा आफूले बोलाएका अतिथिलाई प्रवेश नदिइएको भन्दै कांग्रेस सांसदहरूले बैठकमा अवरोध पुर्‍याएका हुन् ।

संसदीय दलको कार्यालयमा बोलाइएका पाहुनालाई गेटबाटै छिर्न नदिइएको भन्दै कांग्रेस सांसदले बैठकमा अवरोध पुर्‍याएका हुन् । कांग्रेसको अवरोधपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

सभामुख मण्डलले प्रदेशसभा परिसरमा अराजकता सिर्जना गर्ने, बैठकलाई अवरोध पुर्‍याउने खालका व्यक्तिलाई प्रवेश गर्न दिन नसकिने बताएका थिए । १० मिनटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ ।