संसद् बैठक अबदेखि भर्चुअल बस्न सक्ने

संसद् बैठक अबदेखि भर्चुअल बस्न सक्ने



काठमाडौं । भर्चुअल माध्यमबाट पनि संसद् बैठक सञ्चालन गर्न सकिने भएको छ । भौतिक उपस्थितिमा बैठक बस्न नसक्ने अवस्थामा प्रविधिको प्रयोग गरेर अबदेखि भर्चुअल बैठक सञ्चालन गर्न सकिने भएको हो । प्रतिनिधि सभा नियमावली, २०७९ को मस्यौदामा प्रविधिको प्रयोग गरी बैठक राख्न सकिने उल्लेख छ ।

“प्राकृतिक प्रकोप वा महामारीको कारण भौतिक उपस्थितिमा बैठक बस्न सम्भव छैन भन्ने कुरामा सभाका कम्तीमा एक चौथाइ सदस्य सहमत भई सो कुरा सभामुखकलाई जानकारी गराएमा आवश्यकता अनुरूप कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखको निर्णय अनुसार प्रविधिको प्रयोग गरी बैठक बस्न सकिनेछ,” मस्यौदाको दफा २४५ मा उल्लेख छ ।”

कोभिडको समयमा भौतिक समयमा यस्तो व्यवस्था नहुँदा प्रतिनिधि सभाको बैठक बस्न सकेकोले सार्वजनिक महत्त्वका विषयमा छलफल हुन पाएको थिएन । सोही कुरालाई मध्यनजर गर्दै अहिलेको नियमावलीमा भर्चुअल बैठकलाई मान्यता दिन दलहरू सहमत भएका हुन् ।