काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले समय आएपछि राष्ट्रपतिको विषयमा निर्णय हुने बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवासमा पुगेका थिए । भेटघाट गरेपछि सञ्चारकर्मीसँग छोटो प्रक्रिया दिँदै दाहालले आफूहरु एकै ठाउँमा रहेको र समय आएपछि राष्ट्रपतिको विषयमा जानकारी हुने बताएका हुन् ।
राष्ट्रपतिको निर्वाचन आउन समय अझै बाँकी भएकाले समय आएपछि एउटा बिन्दुमा पुगिने प्रचण्डले बताए । आफूहरू सात दलीय गठबन्धनमै भएकाले राष्ट्रपतिको विषयमा निर्णय नभएको बताएका हुन् ।


प्रतिक्रिया