वर्तमान सरकार धेरै दिन टिक्न सक्दैन : माधव नेपाल

वर्तमान सरकार धेरै दिन टिक्न सक्दैन : माधव नेपाल



उदयपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन् ।

शुक्रबार उदयपुरको गाईघाटमा कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष नेपालले निर्वाचनका वेला एउटा गठबन्धन बनेको र परिणाम आइसकेपछि अर्को अपवित्र गठबन्धन बनेको भन्दै गठबन्धनको सरकार अब धेरै दिन टिक्न नसक्ने बताएका हुन् । अध्यक्ष नेपालले गठबन्धन कै नेताहरूले गठबन्धन लामो समय नटिक्ने बताएको जिकिर गरेका छन् ।

मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेकोले यो कुनैपनि वेला जता पनि मोडिन सक्ने स्थितिमा रहेको भन्दै उनले नेपालको राजनैतिक आकाशमा अहिले कालोबादल मडारीरहेकोले संघीयता र संविधान माथिनै खतरा रहेको बताए ।