कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छ : उपसभापति खड्का

कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छ : उपसभापति खड्का



वीरेन्द्रनगर । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेस वीरेन्द्रनगर कार्यसमितिको नगर सम्मेलनमा सहभागी हुन गृहजिल्ला सुर्खेत आएका नेता खड्काले नगर सम्मेलनलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् ।

उनले नेपाली कांग्रेसबाटै भावी राष्ट्रपति बन्ने प्रशस्त वातावरण बनिसकेको बताएका छन् । निर्वाचनका बेला भएको गठबन्धन भित्रका दलहरू पनि नटाढिएको भन्दै फेरि पनि सहकार्य हुन सक्ने संकत गरेका छन् । कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारको विषयमा पार्टीमा छलफल भइरहेको बताए ।

उनले पार्टी सरकारमा जाने र बाहिर बस्ने कुरा स्वभाविक भएको भन्दै कार्यकर्ताहरूलाई उत्साहका साथ संगठन निर्माणको काममा लाग्न आग्रह गरे ।