नामिबियाद्वारा नेपाललाई २७५ रनको लक्ष्य

नामिबियाद्वारा नेपाललाई २७५ रनको लक्ष्य


ग्लोब नेपाल
108
Shares

काठमाडौं । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत नामिबियाले नेपालसामु जीतका लागि २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको हो । जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए । पीकीं या फ्रान्सले ४९ रन बनाए । लोहार्ड लौरेन्सले ४१ तथा माईकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रन बनाए । कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५/१५ रन बनाए ।

नामिबियाले अन्तिम ५ ओभरमा ८४ रन बनाएको थियो । नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । यसका साथै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् ।

करण केसीले १ विकेट लिए । मंगलबार भएको खेलमा नेपालले नामिबियालाई पराजित गरेको थियो । नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।