सन्दीप बने लिग–२ मा सर्वाधिक विकेट लिने तेस्रो खेलाडी

सन्दीप बने लिग–२ मा सर्वाधिक विकेट लिने तेस्रो खेलाडी


ग्लोब नेपाल
378
Shares

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ५० विकेट पूरा गरेका छन् । सन्दीप आईसीसी विश्वकप क्रिकेट लिग २ मा तेस्रो सर्वाधिक विकेट लिने बलर बनेका छन् । लिग २ अन्तर्गत नै कीर्तिपुरमा जारी त्रिदेशीय शृंखलामार्फत ६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका सन्दीपले शनिबार नामिबियाविरुद्ध ९ ओभरमा ३३ रन खर्चेर तीन विकेट लिएका छन् ।

लिग २ मा २३औं खेल खेलिरहेका सन्दीपले ३.९१ को इकोनोमीमा ५१ विकेट पूरा गरेका छन् । शीर्ष ओमानका तीव्र गतिका बलर बिलाल खान छन् । उनले ३६ खेलमा ७६ विकेट लिएका छन् । अमेरिकी बलर सौरभ नेत्रवाल्कर ५८ विकेटसहित दोस्रो स्थानमा छन् ।