कांग्रेसको उम्मेदवार नै राष्ट्रपति बन्छ : महामन्त्री शर्मा

कांग्रेसको उम्मेदवार नै राष्ट्रपति बन्छ : महामन्त्री शर्मा



सुर्खेत । नेपाली कांग्रेसका नेताहरुले आफ्नै पार्टीकाे उम्मेदवार राष्ट्रपति बन्ने बताउदै आएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले पनि कांग्रेसको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरेका छन् । आइतबार सुर्खेतमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो दाबी गरेका हुन् ।

नेपाल कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएको र फागुन २५ गते राष्ट्रपतिका लागि निर्वाचनमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार सुन्न पाउने महामन्त्री शर्माले बताए ।

नेकपा माओवादीले एमालेसँग गठबन्धन गरी सरकार बनाए पनि चुनावका बेला कांग्रेससँग गरिएको गठबन्धनका आधारमा माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने वाचा गरेको शर्माले बताए ।

आफ्नै कारणले कांग्रेस सत्ताबाहिर आउनुपरेको भन्दै यसमा कोही कसैलाई दोष दिन नहुने पनि उनकाे भनाई छ ।