एक साताभित्र सत्तारुढ गठबन्धनकाे भविष्य टुंगो लाग्छ : माधव नेपाल

एक साताभित्र सत्तारुढ गठबन्धनकाे भविष्य टुंगो लाग्छ : माधव नेपाल



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सत्तारुढ गठबन्धनको टुंगो लाग्ने बताएका छन् । 

कीर्तिपुरमा आफ्नो पार्टीनिकट अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको चुनावबाट सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको १३ फागुनमा मनोनयन रहेको छ । यसलाई इंगित गर्दै उनले एक साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् । 

संविधान विरोधीदेखि संविधानका पक्षपाती शक्तिहरु रहेकाले गठबन्धन लामो नटिक्ने उनको दाबी छ ।