राजा फर्काउ महाअभियानका प्रसाईंद्वारा एमाले परित्याग

राजा फर्काउ महाअभियानका प्रसाईंद्वारा एमाले परित्याग



काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । व्यवसायीसमेत रहेका उनले आफू एमालेबाट अलग भएको जानकारी दिएका छन् ।

प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो । तर, पार्टीले निर्णय नलिँदै उनी आफैंले एमालेबाट अलग भएका हुन् ।

प्रसाईंले आजै काठमाडौं आएर पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।