काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी)ले लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ । आइतबार घरेलु मैदानमा निर्धारित समयमा सम्पन्न खेलको इन्जुरी समयमा प्राप्त लियोनेल मेस्सीले फ्रिकिकको सदुपयोग गर्दै गोल गरेपछि पीएसजीले तीन अंक निश्चित गरेको हो ।
यसअघि काइलियन एमबाप्पेले ११औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । १७औँ मिनेटमा नेइमारले गोल गर्दै पीएसजीको अग्रतालाई दोब्बर पारे ।
तर, २४औँ मिनेटमा बागोड डियाकिटले गोल गर्दै लिललाई २–१ को स्थितिमा ल्याई दिए । ५८औँ मिनेटमा जोनाथन डेभिडले गोल गर्दै बराबरीमा फर्काएका थिए । ७९औँ मिनेटमा जोनाथन बम्बाले गोल गर्दै लिललाई ३–२ को अग्रता दिलाए ।
तर, खेल सकिन तीन मिनेटमा बाँकी रहँदा एमबाप्पेले पुन गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए । इन्जुरी समयमा मेसीले फ्रिकिक गोल गरेपछि पीएसजीले रोमाञ्चक जित पक्का गर्यो । लिग वानमा पीएसजी सन् २०२१ को अप्रिलयता अपराजित छ । त्यसबेला पीएसजीले लिलसँगै १–० को हार बेहोरेको थियो ।
इंग्लिस प्रिमियर लिग: टोटेनहमको जीत
टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथी बिजय हासिल गरेको छ । इमर्सन रोयल र ह्युङ मिन सनले गोल गरेपछि टोटेनहमले घरेलु मैदानमा वेस्ट ह्याम माथी २–० ले बिजय हासिल गरेको हो ।
टोटेनहम हटस्पर स्टेडियममा आइबार राति भएको खेलमा पाहुना टोली वेस्ट ह्यामले टोटेनहमलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । र, ५६औं मिनेटमा बेन डेभिसको पासमा इमर्सनले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए ।
७२औं मिनेटमा सनले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । उनले ह्यारी केनको पासमा गोल गर्न सफल हुन पुगे । यस जितसँगै चौथो स्थानमा रहेको टोटेनहमको २४ खेलबाट ४२ अंक पुगेको छ । पराजित वेस्ट ह्याम २३ खेलबाट २० अंक जोडेर १८औं स्थानमा छ ।
प्रतिक्रिया